काठमाडौं । मंगलबार बिहानसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।
जसअनुसार कांग्रेस अहिलेसम्म १ सय ९ स्थानीय तहमा विजयी भएको छ भने १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ।
यसैगरी नेकपा एमालेले अहिलेसम्म एमाले ६३ स्थानमा जित हासिल गरेको छ भने १ सय ३५ पालिकामा अगाडि छ।
सार्वजनिक परिणाम अनुसार अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
यसैगरी माओवादी केन्द्रले अहिलेसम्म ५५ स्थानीय पालिकामा जित निकालेको छ भने ६२ मा अग्रता कायम राखेको छ।
त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ४ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अघि छ।


