काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा प्रतिगमननकारी दलहरु पाखा लाग्ने दावी गरेका छन् ।
उनले आइतबार बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष यस्तो बताएका हुन् । उनले अगाडि भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ।’
आगामी बैशाख ३० गते हुने स्थानीय तहदेखि संघीय संसदको निर्वाचनसम्म आफूहरुको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ छ।