काठमाडौं । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो ।
नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।


