काठमाडौं । प्रधानमन्त्री राहत कोषमा हालसम्म पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबारसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरेर ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुप्रयाँ जम्मा भएको हो।
अहिले नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।


