काठमाडौं । इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्यसूचि पठाएसँगै नेपाल आयल निगमले फेरि इन्धनको मूल्यबृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार डिजेल मट्टीतेल र पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बृद्धि गरिएको छ ।
नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।
हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँर्गै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।
खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । रुस र युक्रनबीच युद्ध चर्किएसँगै इन्धनको मूल्यमा लगातार उच्च बृद्धि भइरहेको छ ।