काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपिन जोशीको सकुशल रिहाइका नेपालका लागि इजरायलका राजदूत खनान गोडेरलाई आग्रह गरेका छन् ।
बुधबार भएको भेटका क्रममा घिमिरेले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरेका हुन् । राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।
गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ ।