काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणाबीच आगामी स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको छ।
उनीहरुबीच नेपालगन्जको स्नेहा होटेलमा बिहीबार राति भेटवार्ता भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।भेटमा वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको उनले बताए ।
राप्रपाका महामन्त्री डा।राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर समेत हुन्। सत्ता गठबन्धनमा रहेका दलहरुबीच आगामी स्थानीय तह निर्वाचनमा समेत चुनावी तालमेल गर्ने सहमति भएपछि नेकपा एमाले पनि केही साना दलसँग तालमेल गर्ने पक्षमा रहेको छ । यसैक्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।
राप्रपा पनि एमालेसँग चुनावी तालमेल गरेर जाने पक्षमा रहेको बुझिएको छ ।