काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। प्रतिष्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पछि उनी विजयी भएका हुन्।
खतिवडाले ५१२ प्राप्त गरे भने ढकालले ४३० मत मात्रै पाए । एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।
ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।


