काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ लगायत १६ जिल्लाको अधिवेशन फेरि पनि सरेको छ। यसअघि अधिवेशन हुन बाँकी ती जिल्लाहरूको अधिवेशन २७ पुसमा गरिने तोकिएको थियो।
आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।
कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न बाँकी छ।