काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साह र उपमेयर सुनिता डंगोलले आज (सोमबार) शपथ लिँदैछन्।
उनीहरुलाई काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।
त्यसपछि मेयर साहले उपमेयर डंगोललाई र वडाध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको महानरपालिका प्रशासनले जनाएको छ। शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुने महानगरले जनाएको छ ।