काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल– बन्चरेडाँडाका प्रतिनिधिबीच काठमाडौंको फोहर व्यवस्थापन गर्न दिन सहमति भएको छ।
गत राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय र प्रभावित क्षेत्रका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। दुई पक्षबीच काठमाडौंको फोहर व्यवस्थापनका वियषमा १८ बुँदे सहमति भएको हो।
सहमति पत्रमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित प्रभावित क्षेत्र ककनी गापा १ का अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामाका साथ धुनिवेशी नगरपालिका १ का अध्यक्ष बहादुर तामाङ तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।