काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग क्लोज कन्ट्याकमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको सञ्चारमन्त्री कार्कीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनको शुक्रबार फेरि कोरोना परीक्षण गरिने छ। शुक्रबार फेरि कोरोना परीक्षण गरिने भएकाले मन्त्री कार्कीको नियमित भेटघाट बन्द गरिएको छ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए।
शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न गठबन्धन समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए। त्यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो।