काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ को मतगणना गर्दा नेपाली कांग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि कांग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका हुन् ।
मतपत्र च्यातिसकेपछि हाल मतगणना स्थगित भएको छ । प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार काग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगानासहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कारबाही गर्ने नगर्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयको आदेश बमोजिम हुने प्रहरीले जनाएको छ ।
चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले कााग्रेसको प्रतिनिधिले मतगणनाको क्रममा बदर भनेर राखिएको दुई थान मतपत्र तारजाली बाहिरबाट हात हालेर तानेर च्यातेको बताइन् ।
‘