काठमाडौं । चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सोमबार राति गएको भूकम्पमा हालसम्म कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ ।
यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।