काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेकपा ( एमाले) को पोलिटब्युरो बैठक बस्दै छ बैठक ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने तय भएको छ । एमालेका शीर्षस्थ नेताहरुले नै सत्तारुढ गठबन्धनप्रति तिखो प्रहार गरिरहेको बेला बस्न लागेको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । बैठकले मुख्यतया चुनावी रणनीति तय गर्ने बुझिएको छ ।
१९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य रहेको पोलिट्ब्युरो बैठकमा पार्टीले चुनावका लागि लिने नीतिबारे पनि छलफल गर्ने बताइएको छ । पछिल्लो समय एमालेले चुनावकेन्द्रित कार्यक्रमलाई तीव्र पारेको छ । अध्यक्ष ओली नै निर्वाचनमा एमालेले सबैलाई पछार्ने उत्तेजित अभिब्यक्ति दिँदै आएका छन् ।