काठमाडौं । युरोपको शक्तिशाली देश जर्मनीमा आज आम निर्वाचन हुँदैछ । जर्मन चान्सलर एङ्गेला मर्केल १६ वर्षदेखि निरन्तर सत्तामा छिन् । नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई विश्वमा नै महत्वका साथ हेरिएको छ ।
निर्वाचनमा एङ्गेला मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
जर्मनीका ६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५९८ जना सदस्य चयन गर्नेछन् । तिनै सांसदहरुले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आज नै आउने छ ।