काठमाडौं । फुमियो किसिडा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। यसअघि उनी विदेशमन्त्री थिए।
किसिडाले आफ्नो पार्टी एवं सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीप) भित्रको प्रतिस्पर्धामा टारो कोनोलाई हराएका हुन्।
योसँगै किसिडाले अब जापानका वर्तमान प्रधानमन्त्री योसिहिदो सुगाको स्थान लिने भएका हुन्। जापानमा जो सत्तारूढ पार्टीको प्रमुख हुन्छ, उसैले सरकारको नेतृत्व गर्ने चलन छ। सुगाले एक वर्ष प्रधानमन्त्री बनिसकेपछि पदबाट हट्ने कुरा यसअघि नै बताइसकेका छन्।
किसिडा लामो समयदेखि प्रधानमन्त्री बन्ने प्रयासमा थिए। तर गत वर्षको चुनावमा उनी सुगासँग हारेका थिए।