सिन्धुपाल्चोक । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटी सदस्य तथा जुगल –४ का स्थानीय जनप्रतिनिधि जेपी सिलवालले विपन्न वर्गका विद्यार्थीहरुकालाई कपी र झोला वितरण गरेका छन् ।
उनले जेठ ४ गते श्री डल्ले पोखरी आधारभूत विद्यालयमा अध्ययन गर्ने करिब ८० जना विद्यार्थीहरुलाई जनप्रतिनिधि बापत पाएको भत्ताले कपी र झोला वितरण गरेका हुन् । सिलवालले किताब, कपी, शैक्षिक सामग्री आदि बोकेर घर विद्यालय आउजाउ गर्न विद्यार्थीहरुलाई कठिन भएको भन्दै सामान वितरण गरेका हुन् ।
‘मैले जनप्रतिनिधि बापत पाएको भत्ताले नै सहयोग गरेको हुँ, यसैगरी क्रमशः अन्य विद्यालयमा वितरण गर्छु’,उनले भने । साथै, उनले सकेको सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् ।


