काठमाडौं । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीले दिएको जानकारी अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । उनका अनुसार उपाध्यक्षमा पनि नेपाली कांग्रेसका निमा बुढा निर्विरोध नै भएका छन् । त्यस्तै यस गाउँपालिकाको सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए । यो जितसँगै नेकपा एमालेबाट फुटेर नयाँ पार्टी बनेको नेकपा (एकीकृत समाजवादी) ले खाता खोलेको छ ।