काठमाडौं । हिजो नियुक्त भएका गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको आज शपथ ग्रहण हुँदैछ ।
बिहीबार लुम्बिनीमा नियुक्त मुख्यमन्त्री डिल्ली चौधरी र गण्डकीमा नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ खाने भएका हुन्।
सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार ९१४ वैशाख० एकैदिन दुईवटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो। लगभग साढे ३ महिना एमाले नेतृत्वमा रहेकाको प्रदेश सरकार ढाल्दै कांग्रेसले गण्डकी र लुम्बिनीमा मुख्यमन्त्री पद आफ्नो पोल्टामा पारेको हो। लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री भण्डारीले दिउँसो साढे १२ बजे शपथ खाने कार्यक्रम छ।
यस्तै गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वानअनुसार पाण्डेले दाबी पेस गरेका थिए।
उनलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।


