काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन्।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो नेपालले चाहनु स्वभाविक भएको बताए ।
आज मंगलबार) पूर्वरा(जदूतको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए।
अध्यक्ष ओलीले भने, ‘नेपालमा राजनीतिक खचपच नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा सन्दर्भहरु चाँही अहिलेसम्म समस्या समाधान भईसक्थ्यो भन्ने मलाई लाग्छ । यो विषयमा मैले खुलस्त छलफल गरेको थिए । यो मित्रतालाई सुदृढ गराउनका लागि हो ।’


