काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै तहका जनता अटाउने पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका छन्।
उनले आइतबार सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सबै जनताको विकास गर्ने नै कांग्रेसको मुख्य दायित्व भएको बताए उनले भने ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो।’
पार्टीमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताको योग्यता, योगदान र क्षमताको यो पार्टीले मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राजनीतिक केवल सपना देखाउने, विकासको अश्वासन बाँड्ने विषयवस्तु नभएको स्पष्ट पारे । मन्त्री कार्कीले जनताको अधिकारको रक्षा गर्ने, जनताको समग्र विकासमा र समाज तथा देशको उन्नतितर्फ अग्रसर गराउने कांग्रेस भएको दाबी गरे । जनताको आस्था र विश्वासको धरोधर कांग्रेस सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी भएको मन्त्री कार्कीले बताए ।
कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट कोसी–७ का वडाध्यक्षमा निर्वाचित रामचन्द्र मेहतासहित ३५७ जनाले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।