काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफ चुनिएका छन् ।
पाकिस्तानी संसदमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
पाकिस्तानमा हालै भएको चुनावमा तहरीक ए इन्साफ समर्थित स्वतन्त्र उम्मेदवारले अधिक सिट जितेका थिए । नवाज शरीफको पीएमएल एन दोस्रो नम्बरमा रहेको थियो । उसले ७५ सिट जितेको थियो ।
पाकिस्तान पीपुल्स पार्टी ५४ सिटसहित तेस्रो स्थानमा रहेको थियो भने एमक्यूएम पाकिस्तानले १७ सिट जितेको थियो । बिलावल भुट्टो जर्दारीको पीपीपीसँग मिलेर शरीफले नयाँ सरकार बनाएका हुन् ।


