काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान बाँकेको नेपालगञ्ज जाँदैछन् । ओलीले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ जान लागेका हुन् ।
कार्यकर्तालाई सम्बोधन पश्चात दिउँसो ओली बर्दिया जाने कार्यक्रम तय भएको छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् ।
आसन्न स्थानीय तहमा आफ्नो दलविरुद्ध गठबन्धन हुने भएपछि अध्यक्ष ओली पार्टीको प्रचार प्रसार गर्न देश दौडाहमा लागेका छन् ।