कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीन सदस्यीय प्रतिनिधिमण्डल भारत पठाउने भएका छन् । सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० को निमन्त्रणामा देउवाले पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा एउटा टोली दिल्ली पठाउन लागेका हुन् । महतसहित पूर्वराज्यमन्त्रीहरू उदयशमशेर राणा र अजय चौरासिया भोलि बिहान दिल्ली उड्ने छन् ।
गत महिना कांग्रेसको निमन्त्रणामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले कांग्रेसलाई भाजपाको तर्फबाट निम्ता दिएका थिए । त्यही निम्तालाई देउवाले भाजपासँग सम्बन्ध सुधार्ने अवसरका रूपमा प्रयोग गर्न लागेका हुन् ।