काठमाडौं । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफल बिना निष्कर्ष टृंगिएको छ । उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको हो।
तीन नेताबीचको छलफल निष्कर्षमा नपुगेपछि मंगलबारका लागि दस दलीय गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार विस्तारका लागि भागबन्डा मिलाउन प्रचण्ड र देउवाबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो।
तीन नेताबीचको भेटमा सरकार विस्तारका क्रममा सत्ता गठबन्धनका दलले कति मन्त्रालय पाउने र कुन–कुन पाउने भन्नेमा छलफल भए पनि सहमति जुट्न नसकेको बताइएको छ।


