काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच विहीबार जंगी अड्डामा भेटघाट भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।
भेटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने जंगी अड्डाले विश्वास लिएको छ।