काठमाडौं । मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको बसले आज बिहान सुनकोसी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।