काठमाडौं । भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणालीले गर्दा आज बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।
मौसम पुर्वानुमान महाशाखाकाअनुसार प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
भोलि सोमवार पनि बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ । मौससमा सुधार हुन अझै केही दिन लाग्ने बताइएको छ ।