काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने १ अमेरिकी डलरको खरिदर १३० रुपैयाँ ७० पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।
यसैगरी १ युरोको खरिद दर १४४ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ५६ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ८४ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६४ पैसा छ।


