काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको यति एयरको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु। यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’


