काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका छन् ।
शुक्रबार माओवादी कर्णाली प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौं ।’ उनले भने ।
साथै उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाहरुविरुद्ध माओवादी लडेर सफल भएको दाबी समेत गरे ।
उनले केपी ओली झेली भएको टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफुहरुको लडाइँ रहेको पनि बताए ।