काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगिसकेकाले अब यसको पुनर्गठन अनिवार्य र अपहरिहार्य भइसकेको दाबी गरेका छन्।
उनले शुक्रबार सुर्खेतमा पार्टी संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘पहिले माओवादीभित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौं। पार्टीभित्रको बेरोजगारी अन्त्य गर्न सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ। यसबाहेक माओवादीसँग अर्को विकल्प छैन।’


