काठमाडौं । केही लिनअघि मात्र चीनमा उपचार गरेका फर्किएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्माबीच भेट भएको छ ।
हालै चीनबाट स्वास्थ्य उपचार गरि फर्किएका पुनलाई भेट्न शर्मा बुधबार निवासमै पुगेका हुन् । पुनको सचिवालयका अनुसार शर्माले स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए ।
स्वास्थ्यका कारणले भएको भेटमा सुभेच्छा मात्रै व्यक्त भएको भए पनि उनीहरु दुवै जना माओवादी भित्रका कट्टर प्रतिष्पर्धी हुन् । दुवैले माओवादी केन्द्रको महासचिवको दावेदार पनि हुन् ।
माओवादीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी चयन गर्न बाँकी छ । पदाधिकारी चयन गर्न भन्दै २७ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ। तल्लो स्तरसम्म दुवै नेताले गुट निर्माण गरेका छन् ।
शर्माले त महासचिवको तयारी पहिलेदेखि नै गर्दै आएका थिए। विरामी भएका कारण लामो समय बाहिर रहेका पुनले पनि स्वदेश फर्किने बेलामा महासविचको दावेदार आफू भएको बताएका छन् । र, लगत्तै उनले पार्टी नेताहरुसँग भेटघाट पनि बढाएका छन् ।
नेपाल फर्किएको भोलिपल्टै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनले भेटेका थिए। प्रचण्डले पनि पुनको खुमलटार निवासमा राम्रै स्वागत गरेका थिए।