काठमाडौं । वर्षाको कारण नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कप सेमिफाइनल खेल रोकिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २३.२ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको हो ।
नेपालबाट क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल ३० र कुशल मल्ल ३२ रनमा खेलिरहेका थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमशः ४२ र ३१ रन जोडेका थिए । भीम सार्की भने एक रनमा पभेलियन फर्किएका थिए ।


