काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले दिएको १२१ रनको विजयी लक्ष्य पोखराले १९।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । चितवनलाई पराजित गर्दै पोखरा एनपीएल दोस्रो सिजनको पाँचौं स्थानमा रहन सफल भएको छ ।
पोखराको जितमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन बनाए । उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो ।


