काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले शिक्षा क्षेत्रमा गरेको लगानीलाई कसैले पनि खोस्न नसक्ने बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका(७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन,’ उनले भने ।