काठमाडौं। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सरकारले मिटरब्याज पीडितसँग गरिएको सम्झौतालाई धोका भनी टिप्पणी गरेका छन् ।
सांसद गैरेले आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिए ।
‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’ सांसद गैरेले भने ।


