काठमाडौं । सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले हाल रिक्त रहेको ५६ नायब उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा सिफारिस गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी आएलगत्तै यो निर्णय भएको हो ।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने समितिले जनाएको छ । विगत केही समयअघि नै बढुवा हुने हल्ला चलेको भए पनि सोमबार मात्र यस विषयमा निर्णय भएको हो ।