काठमाडौं। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरेको छ।
केसी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। सशस्त्र प्रहरी गठन भएपछि उनी सशस्त्रमा समायोजन भएका थिए। पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए। उनी सेवा अवधिका कारण २०७९ वैशाख १८ मा अवकाशमा जाँदै छन्। शैलेन्द्र खनालले अनिवार्य अवकाश पाएपछि उनलाई चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको थियो।