काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत काम गर्न कोरिया जानको लिइने भाषा परीक्षामा ४४ हजार ८५३ जनाले आवेदन दिएका छन्।
सोमबार आवेदन दिने अन्तिम दिन थियो । हिजोसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको छ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ। विगत वर्षहरुमा माग गरिएको संख्या भन्दा १० गुणा बढी आवेदन पर्ने गरेको थियो। पछिल्ला केही वर्ष कोरोना महामारीले गर्दा भाषा परीक्षा उत्तीर्ण गरेका सबै नेपालीहरु कोरिया जान पाएका थिएनन् । केही महिनादेखि कोरियाले कोटा तोकेर नेपाली कामदार लैजान सुरु गरेको छ । कोरिया नेपाली श्रमिकका लागि आकर्षक रोजगार गन्तब्य मुलुकमा पर्दछ ।