काठमाडौं । विवेकशील पार्टीले बजेट निर्माण गर्दा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति छिराएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ।
उसले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै यस्तो बताएको हो ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने र बजेट सम्बन्धी गोपनीयता भंग गर्ने तथा त्यसको प्रमाणको रूपमा रहेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको विवेकशीलको आरोप छ।
विरोध कार्यक्रममा सीसीटीभीका फोटाहरू प्रदर्शनी गरी अर्थमन्त्रालयमा मेटाइएको सीसीटीभीका दृश्यहरूको बारेमा ध्यानाकर्षण गरिएको थियो।


