काठमाडौं । आगामी बुधबारबाट काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १० औँ सम्मेलन शुरु हुने भएको छ।
स्वास्थ्य अनुसन्धान परिषदले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले चैत २८, २९ र ३० गते १०औँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन गर्न लागेको बताए।
यस पटक सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरको प्रस्तुतीकरण हुने डा. जोशीले बताए। सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेख प्राप्त भएका थिए। तीमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतिका लागि छनोट गरिएको हो।


