काठमाडौं । आजबाटशेर्पा समुदायले मुख्य पर्वका रुपमा ग्याल्पो ल्होसार सुरु भएको छ । नेपालमा पनि शेर्पाहरुले आज विविध कार्यक्रम गरेर यो चाड निकै हर्षोल्लासका साथ मनाउदैछन् आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।
ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा मानाइने गरिन्छ ।
पछिल्लो समय शेर्पा समुदायका साथै तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले पनि यो ल्होसार मनाउने गर्दछन । शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ । आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।


