काठमाडौं । आज एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल भिड्दै छ। खेल बिहान सवा ११ बजे दुबईको आईसीसी एकेडेमी ओभल २ मा हुने सुरु हुनेछ।
आजको खेलमा पनि नेपाल पराजित भए सेमिफाइनलमा पुग्ने सम्भावना सकिनेछ।
पहिलो खेलमा कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। आजको खेलमा उनीहरुबाट नेपाली टोलीले राम्रो प्रदर्शनको आशा गरेको छ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो।


