काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेकी मधु कार्कीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो वाचा सार्वजनिक गरेकी हुन् ।
कार्कीले सार्वजनिक गरेको प्रतिबद्धतामा विकास समद्धि तथा राष्ट्रियताको गला रेट्ने प्रवृत्तिका परम्परागत अभ्यासलाई फराकिलो कूटनीतिक आकाशबाट कहिले उठ्न नसक्नेगरि ढाँड भाँच्नसक्ने एक राष्ट्रिय लडाकुको रुपमा आफूलाई परिचय गराएकी छिन् ।
नेपाल हाउस तथा अन्तर्राष्ट्रिय फ्रेण्डसिप सोसाईटीको स्थापना गरी युरोपमा नेपाली व्यवसायीको रूपमा समेत स्थापित भईसकेकी कार्की टेलिभिजन चुनाव चिह्न लिएर काठमाडौं क्षेत्र नम्बर ९ बाट चुनावी मैदानमा छिन्।


