काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा प्रतितोला २ सयले घटेको छ । आज प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेकोमा १ हजार ३ सयको गिरावटसँगै शुक्रबार तोलाको १ लाख २० हजार ७ सय रुपैयाँ भएको थियो।
चाँदीको कारोबार मूल्य तोलाको १४ सय ५५ रुपैयाँमा स्थिर छ। गत बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको थियो। ३५ रुपैयाँ घटेर शुक्रबार तोलाको १४ सय ५५ भएको हो।


