काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।
उनले निरोज मास्केलाई पराजित गरेका हुन् ।
पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरे। निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।
महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।


