काठमाडौं । ट्वीटरका मालिक बनेसँगै एलन मस्कले प्रमुख कार्यकारी अधिकृतसहित माथिल्लो तहका कर्मचारीलाई हटाएका छन् ।
मस्कले विहीबार मात्रै ट्वीटरको केन्द्रीय कार्यालयमा गएर कार्याभार सम्हालेका थिए । । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।
सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।


