काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन्।
मन्त्री खड्काले उदयपुरको त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै भने ‘अहिलेको युगको माग शिक्षा हो। विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’
मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्न सक्ने बनाउन आग्रह गरे।


